राैतहट ।। हिन्दू समुदायको महान आस्था र श्रद्धासँग जोडिएको छठ पर्वको अवसरमा नेपाल तराई सिटी अस्पताल, सुकदेव चौकका सञ्चालक डा. मधुरेन्द्र यादवले माधवनारायन नगरपालिका–३, भेल्हीमा करिब एक सय पचास जना छठ बर्तालुहरूलाई पूजाका सामग्री वितरण गरेका छन्। डा. यादवले छठ पर्वमा आवश्यक पर्ने साडीको एक सेट, साठी धान, गहुँ लगायतका पूजासामग्री वितरण गर्दै शुभकामना व्यक्त गरेका थिए। उनले छठ पर्वले समाजमा धार्मिक एकता, संस्कार र सहअस्तित्वको सन्देश दिने बताउँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरे। कार्यक्रममा स्थानीय बर्तालु महिला, समुदायका अगुवा, समाजसेवी र नगरवासीहरूको उल्लेख्य उपस्थिती थियो। बर्तालुहरूले डा. यादवप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सहयोगले धार्मिक पर्वप्रतिको उत्साह अझ बढ्ने समाजसेवी रामसोगारथ यादवले बताउनु भयो । छठ पर्व विशेष गरी सूर्यदेव र छठमैयाको आराधनासँग सम्बन्धित हिन्दूहरूको प्रमुख पर्व हो, जसमा सूर्य उदय र अस्तका बेला नदी, पोखरी वा जलाशयमा स्नान गरी अर्घ्य अर्पण गरिन्छ।
डा. मधुरेन्द्र यादवद्वारा छठ बर्तालुहरूलाई पूजासामग्री वितरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।