काठमाडौं ।। कोरोना भाइरसबारे जानकारी दिने एक जना डाक्टरको निधन भएको छ । उनको सोही भाइरसको संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।चिनस्थित उहानको उचाङ्अस्पतालको निर्देशक लिउ झिमिङको निधन भएको छ ।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मंगलबार बिहान उनको निधन भएको जानकारी दिएको हो ।
कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको बताइएको छ ।
करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो । कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here