रौतहट ।। राष्ट्रपति विद्ययादेवी भण्डारी आज रौतहट आउँदै हुनुहुन्छ । रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौरमा हुने मधानी महायज्ञमा विषेश पुजा गर्न राष्ट्रपति भण्डारी आज रौतहट आउन लाग्नुभएको नगरपालिकाले जनाएको छ । राष्ट्रपति भण्डारी रौतहट आउने भएपछि बिहानैदेखी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मौलापुर नगरपालिकाले वडा नं ५ पतौरामा फेला परेको धार्मिक एवं पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा रौतहटमै पहिलो पटक सबैभन्दा ठुलो मधानी महायज्ञको आयोजना गर्न लागेको हो । महायज्ञमा आजै स्वदेशी तथा विदेशी कलाकारहरुले साँस्कृतिक प्रस्तुति पनि दिनेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here