काठमाडौं ।। आजकल मानिसहरुमा पेट फुल्ने समस्या धेरै देखा परेका छन् । सामान्यतः खाना खाएपछि पेट फुल्ने वा पेटमा जलन हुने समस्या हुन्छ भने यसलाई सामान्य समस्या सम्झिएर हेलचेक्र्याईं गर्नहुँदैन । यस्तो लक्षण ठूलै समस्याको संकेत पनि हुनसक्छ । यस्तो अवस्थामा समस्यालाई बेवास्ता गर्दा ठूलै मूल्य चुकाउनुपर्ने पनि हुनसक्छ ।
त्यसैले पेट फुल्ने समस्याबाट बच्न यस्ता घरेलु उपायहरु अपनाउन सकिने छ ।
१. चिया कफि कम गर्ने
चियामा हुने क्याफिन र पोलिफेनोल्सले ग्यास्ट्रिक एसिड बनाएर पेट फुलाँउछ । त्यसैले चिया कफि धेरै सेवन गर्नुहुँदैन ।
२. सोडा वा कोल्ड ड्रिङ्क्स नपिउने
कोल्ड ड्रिङ्क्समा हुने एसिडिक गुण र कार्वनडाइअक्साइड ग्याँसले पेट फुलाँउछ ।
३. नुन कम खाने
नुनमा सोडियम हुनाले तरल पदार्थलाई सोसेर पेट फुलाँउछ ।
४. पोटासियम धेरै हुने खानेकुरा खाने
केरा, पालक, मेवा, सुन्तला, टमाटर जस्ता फलफूल र सागसब्जी खानाले सोडियम ब्यालेन्स हुन्छ ।
५. ज्वानो खानुहोस्
यसको प्राकृतिक डाइयुरेटिक गुणले पेटमा जमेको एक्स्टा पानी र ग्याँसलाई तुरुन्तै निकाली दिन्छ ।
६. पानी धेरै पिउने
दिन भरमा ८–१० गिलास पानी पिउनाले पाचन प्रणाली राम्रो हुन्छ । पेट फुल्ने समस्याबाट राहत मिल्छ ।
७. दही खाने
यसमा हुने प्रोबायोटिक्स गुड ब्याक्टेरियाले पेटमा फसेको ग्याँसलाई बाहिर निकालिदिन्छ ।
८. फाइबर धेरै हुने खाना खाने
गहुँको पिठो, दालहरु जस्ता फाइबर धेरै हुने खाना खानाले पेट सफा हुन्छ । ग्यास्टिकको समस्या हुँदैन ।
९. खाना राम्रो सँग चपाएर खाने
छिटोछिटो खाना खाने गर्नाले राम्रोसँग पच्दैन । ग्याँस बन्छ र पेट फुल्छ त्यसैले खाना राम्रोसँग चपाएर खानुहोस् ।
१०. नरिवल पानी, कागती पानी पिउने
यो प्राकृतिक डाइयुरेटिक र लेक्सेटिभ हुन्छ । यसले पेट सफा राख्छ र सोडियम सन्तुलनमा राख्छ ।