कपिलवस्तु ।। कपिलवस्तुको हुलाकि राजमार्गमा सडक भित्र निर्माण भएका संरचना मुआब्जा नदिएसम्म नहटाउने स्थानीयले अडान लिएका छन् । एक महिना अघिदेखि राजमार्ग आयोजनाले सुचना जारी गरी सडक भित्र निमार्ण भएका संरचना हटाउन भने पनि मुआब्जा नदिएसम्म नहटाउने स्थानीयले अडान लिएका हुन् । मुख्य विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माणमा स्थानीयको सहयोग नपाएको आयोजनाले गुनासो गरेपनि स्थानीयले भने मुआब्जाको माग गरेका छन् । हुलाकी सडक निमार्ण आयोजनाले सडक भन्दा १५÷१५ मिटर दाँया, वाँया क्षेत्रमा रहेका संरचना खाली गर्न सुचना जारी गरेको एक महिना वितिसकेको छ । आयोजनाले ३० दिन भित्र संरचनाहरु खाली गर्न सुचना जारी गरेको थियो । आयोजनाले मुआब्जा दिएपछि मात्रै आफूहरु सडकबाट हट्ने विजयनगर गाउँपालिका ५ का सत्यम चौधरीले बताउनुभयो । वियजगरका स्थानीयले हुलाकी सडक निर्माणको बिरोध गरेको नभइ आफुहरुको अधिकार अनुसार लालपुर्जा अनुसारको रकम माग गरेको बताएका छन् । स्थानीय रामप्रकाश चौधरी आफ्नो घर खेतको उचित क्षतीपुर्ती नदिए सम्म सडक खन्न नदिने बताउनुभयो । हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुले अहिले सर्र्भेको काम भइरहेको जनाएको छ । कपिलवस्तुको कोठिहवादेखि तुरुन्तपुरसम्म ५० किलोमिटर सडक कालोपत्रे निमार्णको लागी सम्झौता भईसकेको छ । यो आयोजनामा स्थानीयले साथ दिनुपर्ने आयोजनाका प्रमुख ईश्वर बहादुर रिजालले बताउनुभयो । सरकारको हुलाकी सडक निमार्णको लागी मुअब्जा दिने प्रवधान नराखेको हुदाँ मुआब्जा दिन नसकिने रिजालले बताउनुभयो । आयोजनाले मुआब्जा नदिने, स्थानीय मुआब्जा बिना संरचना भत्काउन अनुमति नदिने गर्दा हुलाकी राजमार्ग निर्माणमा ढिलाई हुने देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here