काठमाडाैं ।। इराकी प्रधानमन्त्री अडेल अब्दुल महदीले अमेरिकी हवाइ हमलाको निन्दा गर्नुभएको छ । प्रधानमन्त्री महदीले अमेरिकाले गरेको कारवाहीले इराकको सम्प्रभुता नै उल्लंघन भएको आरोप लगाउनुभएको छ । आक्रमणसँगै अमेरिकासँगको सम्बन्ध र आन्तरिक सुरक्षाका बारेमा समीक्षा गर्ने बेला आएको प्रधानमन्त्री महदीको भनाई छ । इराकको परराष्ट्र मन्त्रालयले यस विषयमा छलफल गर्न अमेरिकी दुतावासर्लाइ पत्राचार समेत गरेको जनाएको छ । आक्रमणमा २५ जना इरान समर्थित इराकी सेनाको मृत्यु भएको थियो । अमेरिकी सेनाले इराकका कताइब हिज्बुलह मिलिसियालाई लक्षित गरेर आक्रमण गरेका थिए । मेरिकी इस्लामिक स्टेट आइएस र इराकी सरकारी सेनाबीच वर्षौदेखि लडाइँ चलिरहेको छ । अमेरिकी सेनाले राजनीतिक प्रतिशोधका कारण इराकी सेनामाथि आक्रमण गर्नु गलत भएको प्रधानमन्त्री महदीको टिप्पणी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here