जनकपुर ।। प्रदेश सभा २ को बैठक आजपनि बस्दै छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनुहुने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्री राउतले संसदीय विकास कोषको योजनामा काम गरेका उपभोक्ता समितिहरुको बक्यौता रकम निकासा हुन नसकेको सन्दर्भमा जवाफ पेश गर्नुहुने कार्यक्रम तय गरिएको छ । यसअघि डेढ महिनापछि हिजो प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको थियो । हिजो दिउँसो २ बजे बोलाइएको प्रदेश सभा बैठक सुरु भएको केही बेरमै प्रतिपक्षी तथा सत्तारूढ दलका सांसदले अवरुद्ध गरेपछि स्थगित भएको हो । संसदीय विकास कोषको योजनामा काम गरेका उपभोक्ता समितिहरुको बक्यौता रकम भुक्तानीको माग गर्दै संसद बैठक अवरुद्ध गरिएको प्रतिपक्षी सांसदहरुले बताएका छन् । कांग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहाले भुक्तानी सम्बन्धमा सरकारले जवाफ नदिएकाले संसद अवरुद्ध गर्ने घोषणा गरेसँगै कांग्रेस र नेकपा सांसदहरु उठेर बैठक अवरुद्ध गर्नुभएको थियो । विपक्षी सांसदहरुले बैठक अवरुद्ध गरे लगत्तै राजपा सांसद उपेन्द्र महतोले समेत समर्थन जनाउनुभएको थियो ।
प्रदेश सभा २ को बैठक आजपनि बस्दै,मुख्यमन्त्री राउतले जवाफ दिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।