काठमाडाैं ।। आज देशभरीका गुरुङ समुदायले तमुल्होसार मनाउँदैछन् । पुष १५ लाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाइँदैछ । यस वर्ष पुष १४ गते राति १२ बजे मृग वर्षलाई बिदाई गरी मुसा वर्षलाई स्वागत गरी तमुल्होसार मनाईने तमुल्होसार मूल आयोजक समितिले जनाएको छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गणना गर्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । तमु ल्होसारको अवसरमा आज दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूल समारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रमको सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यस्तै तमु ल्होसारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्नुहुने जनाइएको छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
आज देशभरीका गुरुङ समुदायले तमुल्होसार मनाउँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।