काठमाडौं ।। नेपाल भ्रमण वर्ष २०२० को बुधबारदेखि उद्घाटन समारोहमा चार देशका पर्यटनमन्त्री आउने निश्चित भएको छ ।
संस्कृति,पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयका अनुसार उद्घाटन समारोहमा त्रिपुरेशवरस्थित दशरथ रंगशालामा हुने समारोहमा चीनका पर्यटन मन्त्री लु शुगाङ,भारतका पर्यटन राज्य मन्त्री प्रहलाद सिंह पटेल,जमैकाका पर्यटनमन्त्री एडमण्डल बर्लेट र म्यान्मारका पर्यटनमन्त्री आने माउङ आउने भएका छन् । सरकारले बुधबार भ्रमण वर्षको भव्य उद्घाटन गर्ने तयारी गरिरहेको छ । उक्त कार्यक्रमकै लागि भुटानको पर्यटन बोर्डका महानिर्देशक नेपाल आइसकेका छन्।
रंगशालामा हुने भव्य कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे उद्घाटन गर्ने बताइएको छ ।
तयस्तै जनवरी ७ मा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ।
बुधबार काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उद्घाटन समारोह राखिएको छ। प्रदेशमा हुने कार्यक्रमको उद्घाटन प्रदेश मुख्यमन्त्रीहरुले गर्नेछन्।
भ्रमण वर्षको उद्घाटनमा चार देशका पर्यटनमन्त्री नेपाल आउदैँ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।