काठमाडाैं ।। वर्षभर सबै दिन उस्तै हुन्छ ।जस्तै समय,दिन,महिना फेरिए जस्तै वर्ष पनि फेरिन्छ । विश्वको प्रायसबै मुलुकमा इस्वी सन्का अनुसार जनवरी १ तारिखमा नै मनाउने गर्छ । तर पनि हाम्रो देशमा नेपाली पात्रो अनुसार बैशाख १ गते देखि नयाँ वर्ष मनाइन्छ भने यसलाई मेष संक्रान्तिको नामले समेत चिनिन्छ । यस पटक पनि नयाँ वर्ष आइसकेको छ । नयाँ वर्ष सँगसँगै सन् २०२०देखि नयाँ दशक पनि सुरु हुँदै छ ।
आखिर १ जनवरी नै किन नयाँ वर्ष मनाइयो ?
वास्तवमा भन्ने हो भने ग्रेगोरियन क्यालेन्डर फलो गर्ने सबै देशले जनवरीमा नै नयाँ वर्ष मनाउनै पर्छ भन्ने पनि छैन । कतिपयले आफ्नो देशको नयाँ वर्ष अरु कुनै वर्षमा आफैं मनाउने गरेका छन् । यस्तै एउटा उदाहरण हो, चीन । चीनमा पनि ग्रेगोरियन क्यालेन्डर फलो गरिन्छ । तर, त्यहाँ नयाँ वर्ष चिनियाँ वर्षका आधारमा नै मनाइने गरेको छ ।
त्यसो त शताब्दियौँसम्म पनि नयाँ वर्ष २५ मार्चमा मनाउने चलन थियो । कतिले २५ डिसेम्बरमा पनि नयाँ वर्ष मनाउने गरेका थिए ।
तर, रोमन राजा नुमा पोम्पिलियसले यसलाई परिवर्तन गरेर १ जनवरीमा नयाँ वर्ष मनाउने बनाए ।
उनको राज्य चलाइरहेको समयमा ९७१५–६७३ विफोर क्राइस्ट० नै उनले यो क्यालेन्डरलाई पुर्ननिर्माण गरे । अनि मार्चमा मनाउन थालिएको नयाँ वर्षलाई १ जनवरीमा मनाउन थालियो ।
यसको पनि कारण छ । खासमा रोमनहरुले जानसलाई सुरुवातका भगवान मान्छन् । मार्चलाई युद्धका भगवान मान्ने गरेका छन् । त्यसैले सुरुवाती भगवानको नाममा राखिएको जनवरीलाई नै नयाँ वर्षको सुरुवातका रुपमा मान्न थालिएको पनि हो ।
१५३ विफोर क्राइस्टसम्म १ जनवरीलाई नै नयाँ वर्ष नमानिएका विभिन्न उदाहरण नभएका पनि होइनन् ।
तर, बीचमा फेरि जनवरीलाई वर्षको पहिलो महिना मान्न छाडियो ।
त्यसैले ग्रेगोरी १३ औंले नयाँ क्यालेन्डरलाई ल्याए । यो सन् १५८२ को कुरा हो । उनले त्यो नयाँ क्यालेन्डरमा फेरि जनवरीलाई पहिलो वर्षका रुपमा राखे ।
इटाली, फ्रान्स तथा स्पेनले यसलाई तत्काल स्वीकार गरे । तर, बेलायत र अमेरिकाले सन् १७५२ सम्म पनि यो नयाँ क्यालेन्डर स्वीकार गरेका थिएनन् । उनीहरुले त्यति बेलासम्म नयाँ वर्ष २५ मार्चमा मनाउने गरेका थिए ।
अब अहिले त क्रिश्चियन देशहरुमा मात्र होइन, अन्य देशहरुमा पनि यही क्यालेन्डर प्रयोग गर्न थालिएको छ । चीनले सन् १९१२ देखि मात्र यो क्यालेन्डर प्रयेग गर्न थालेको हो । तर, चीनमा नयाँ वर्ष चाहिँ अरु नै समयमा मनाइन्छ ।
इथियोपियामा पनि यही क्यालेन्डर फलो गरिन्छ । तर, त्यहाँ पनि सेप्टेम्बरमा नयाँ वर्ष मनाइन्छ ।
मनाइएको पाइन्छ । यस दिन भक्तपुरमा लाग्ने विस्केट जात्रा र काठमाडौँको टोखास्थित सपनतीर्थमा लाग्ने मेला महत्वपूर्ण मानिन्छन् ।
कुन देशमा कसरी मनाइन्छ ?
संसारमा १ वर्षमा धेरैपटक नयाँ वर्ष मनाइन्छ । इरानको २० मार्चमा अनि तामिलको अप्रिल १४ मा पर्छ । विभिन्न देशमा नयाँ वर्ष मनाउने तरीका आ–आफ्नै छन् । यसै सन्दर्भमा केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्नेबारे संक्षिप्त जानकारी दिइएको छ ।
भारत
यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरीका फरक पाइन्छ । बंगालमा नयाँ वर्षको अवसरमा देवीदेवताको पूजा गरी नाचगान र हासखेल गरिन्छ । कुमाउ र गढवालमा नयाँ वर्षको दिनमा पहेँलो लुगा लगाएर आफ्ना आपन्तजनलाई उपहार दिने चलन छ । आसाममा यस दिन पशुको पूजा गरिन्छ । पञ्जावमा यस दिन झाँगड नृत्य आयोजना, गणेश र लक्ष्मीको पूजा, सामूहिक रूपमा नाचगान र रमाइलो गरिन्छ । राजस्थानमा नयाँ वर्षको अवसरमा मीठामीठा परिकार सेवन गरिन्छ । यस्तै, जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन पनि छ ।
चीन
चिनियाँहरू आफ्ना मान्यजनबाट आशीर्वाद लिने, मिष्ठान्न भोजन खाने र सफासुग्घर राख्ने गरेर नयाँ वर्ष मनाउँछन् ।
जापान
जापानमा नयाँ वर्षको अवसरमा हरिया वृक्ष घर वरिपरि सजाएर शुद्ध जलको प्रयोग गरिन्छ । यस्तै मान्यजनबाट आशीर्वाद लिने, मीठा फलफूल सेवन गर्ने र आफूले लिएको ऋण तिर्ने चलन छ ।
कोरिया
नयाँ वर्ष मनाउन कोरियामा ३ दिनसम्म सरकारी बिदा दिइन्छ । यस समयमा त्यहाँका सबैजसो पसल बन्द हुन्छन् । नयाँ वर्षमा कोरियालीहरू चामलको रक्सी तथा चामलको रोटी खान्छन् । यसो गर्दा आयु बढ्ने उनीहरूको विश्वास छ ।
थाइल्यान्ड
थाईहरू नयाँ वर्षको दिन आफ्नो घरआँगन सफासुग्घर राख्छन् । यस्तै दीपावली र बौद्ध गुम्बामा प्रार्थना गरेर आफन्तसँग शुभकामना आदान प्रदान गर्छन् ।
इन्डोनेशिया
इन्डोनेशियामा नयाँ वर्षलाई ‘गोलुगान’ भन्छन् । त्यस दिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । साथै, मीठामीठा परिकार खाएर एकआपसमा बधाई र शुभकामना व्यक्त गर्दछन् ।
मंगोलिया
नयाँ वर्षको दिन मंगोलियनहरू रातभरि जाग्राम बस्छन् । त्यसपछि आफ्ना आमाबाबु तथा मान्यजनबाट आशीर्वाद लिई मीठा परिकार खाएर रमाउँछन् ।
मेक्सिको
यहाँका जनजातिको बाहुल्य भएको स्थानमा यस दिन चर्चमा गएर सामूहिक विवाह गरी नयाँ वर्ष मनाउँछन् ।
जर्मनी
यस दिन त्यहाँ पानीले भरिएको धातुको भाँडामा मुद्रा ९सिक्का० खसाएर त्यसको आकृतिलाई नियालेर भविष्य वक्ताले मानिसको भविष्यवाणी गर्ने चलन छ ।
पोर्चुगल
पोर्चुगलमा नयाँ वर्षको दिन साँढे जुधाएर रमाइलो गरिन्छ । साथै शहरभर धुनी जगाएर पटाकाबाजी गरी उत्सव मनाइन्छ ।
बेलायत
बेलायतमा ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्ने चलन छ । मानिसहरू नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाच्छन् । नयाँ वर्ष शुरू हुने रातको ठीक १२ बजे बढाईं गरिन्छ । यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्ष शुरू भएको भन्ने हुन्छ ।
नयाँ वर्षको शुभकामना
नयाँ वर्ष २०२० सालको उपल्क्षयमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदि दाजुभाई तथ दिदिबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना सँगै शु–स्वास्थ्य,सुख समृद्धि दिर्घायु एवं नयाँ उमंग नयाँ जोसजाँगर सकारात्मक विचारहरुको विकास परिवार साथीभाईहरु मा अत्मियेता माया प्रेम खुसियाली स्र्वग जस्तो देशमा शान्ति सुशासन सदा कायम रहिरहोस ।