काठमाडाैं ।। आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियामा आक्रमण गरेको छ । कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन भन्ने गरेको छ । गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले मृत्यु भएको थियो भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए । समाचार संस्था रोयटर्सका अनुसार हिजो इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो । उक्त स्थान सिरिया नजिकै पर्ने बताइएको छ । इराकका सुरक्षा निकाय तथा मिलिसियाहरूले रोयटर्सलाई बताए अनुसार कम्तीमा १८ जना मिलिसियाहरूको मृत्यु भएको छ । तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।