बारा ।। बाराको बारागढी गाउँपालिकाले कार्यालको आर्थिक कारोबार बन्द भएको छ । महालेखा नियन्त्रकको कार्यालयले गरेको परिपत्रअनुसार अर्को सुचना जारी नहुँदासम्मका लागि आर्थिक कारोबार बन्द गरिएको गाउँपालिकाले सुचनामार्फत जानकारी गराएको छ । स्थानीय तहको बजेट बजेटिङ तथा लेखाङ्कनका लागि प्रयोग हुँदै आएको सुत्र सफ्टवेयरमा प्राविधिक कारणबस २०७६ मंसिर ११ गतेपछिका तथ्याङ्कहरु नष्ट भएको र त्यसपछि प्रविष्ट गरिएका भौचर तथा बजेट सम्बन्धी तथ्याङ्कहरु पुनः प्रविष्ट गरिसकेपछि मात्रै भौचर प्रयोग गर्नुपर्ने भनि परिपत्र भएको हुँदा कारोबार बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।