विराटनगर ।। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अबको दश वर्षमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य प्रदेश नम्बर १ नै बन्ने दावी गर्नु भएको छ । झापको धुलाबारीमा हिजोदेखि शुरु भएको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले दश वर्षे गुरु योजना नै बनाएर पर्यटन विकासमा विषेश चासोका साथ काम गरिरहेको बताउनुभयो । मेची उद्योग वाणिज्य संघको आयोजनमा शुरु भएको महोत्सवमा २ सय वटा स्टल राखिएका छन् । स्वदेशी उत्पादनलाई विषेश प्राथमिकता दिएको महोत्सवमा नेपाल सहित भारत, बंगलादेश र पाकिस्तानको उत्पादनलाई समेत समावेश गरिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो । महोत्सव पुष १७ गतेसम्म सञ्चालन हुनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।