बैतडी ।। प्राथमिक तह अर्थात् कक्षा १ देखि ५ सम्म अनिवार्य जिल्लाको धार्मिक साँस्कृतिक एवम् भेषभुषा सुहाउँदो पाठ्यक्रम निर्माण गर्नुपर्ने प्रावधान छ । तर, बैतडी स्थानीय तहले अहिलेसम्म पाठ्यक्रम निर्माण गर्न गरेका छैनन् । बैतडीका कुनैपनि स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण नगरेकै कारण, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक पढाउनुपर्ने समयमा अन्य विषयहरु पढाउने गरेको निलपाल आधारभुत विद्यालय सिगासका शिक्षक लक्ष्मी शाह चन्दको भनाइ छ । नेपाल सरकारले प्राथमिकतहमा स्थानीय बिषयलाई अनिवार्य गरि एक सय पुर्णाङ्क पनि तोकेको छ । स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम नहुँदा विद्यार्थी तथा शिक्षक दुवैपक्षले समस्या भोगिरहेका छन् । जिल्लामा सुहाउँदो परिवेश भुगोल, प्राकृतिक स्रोत, धार्मिक तथा साँस्कृतिक सम्पदा, रिती सँस्कृती र भेषभुषालार्ई समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । आवश्यक दक्ष जनशक्ति र बजेट अभावका कारण पाठ्यक्रम निमार्णमा केही ढिलाई भएको र छिट्टै निर्माण गरिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताउनुभयो । बैतडीका प्रत्येक स्थानीय तहले शिक्षाका लागि बजेट वियोजन गरेका छन् । तर बिनियोजित बजेटबाट स्थानीय पाठ्यक्रम बनाउने काममा स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here