जनकपुर ।। केन्द्रमा फेरिएको राजनीतिक समिकरण र मन्त्रिपरिषदका सदस्य हेरफेरका कारण प्रदेश नम्बर २ को सरकारबारे बहस सुरु भएको छ । प्रदेश नम्बर २ मा समाजवादी पार्टीले सरकारको नेतृत्व गरेको छ भने राजपाले सघाएको छ । राजपा र नेकपाबीचको सहमतिले प्रदेश नम्बर २ सरकारको नेतृत्व फेरबदलबारे पाटीभित्र आन्तरिक छलफल भइरहेको छ । नेकपाका प्रदेश २ का सांसद शत्रुधन महतोले राजपा संघीय सरकारमा गए प्रदेश २ मा पनि उसैसँग मिलेर सरकार बनाउन सकिने टिप्पणी गर्नुभयो । राजपाले पनि संघीय सरकार जान सकिने संकेत गरेको छ । समाजवादीका प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादवले केन्द्रमा छोडेपनि प्रदेशमा सरकार नछोड्ने बताउनुभयो । प्रदेश २ मा नेकपाको ३२ सदस्य सङख्या छ भने समाजवादीको २९ सदस्य सङ्ख्या छ । यस्तै राजपाको २५ सदस्य छ । यदि नेकपालाई राजपाले साथ दिएको खण्डमा भने प्रदेश २ मा सरकार परिवर्तन हुने सम्भावना रहन्छ । अरु ६ प्रदेशमा नेकपाको नेतृत्वमा सरकार छ । राजपाले संविधान संसोधनको एजेण्डालाई लिएर सरकारमा नजाने भनेको छ । सभामुख उपसभामुख चयनको निकटमा सरकारमा देखिएको फेरबदलले यता तर्फ पनि असर पार्ने विश्लेषण गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here