रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा अज्ञात समूहले राखेको प्रेसर कुकर बम इन्द्रबॉक्स गण पूरेनवाको बम डिपोजल टोलीले निष्क्रिय गरेको छ ! नगरपालिकाको मूल गेटमा रहेको गमलाको बिचमा प्लास्टिकको झोलामा राखिएको संकास्पद बस्तुको विषयमा स्थानीयहरुले प्रहरीलाइ खबर गरे पछि गएको सुरक्षाकर्मीहरुले चेकजाच गर्दा बम भएको पता लगाएर नेपाली सेनालाइ खबर गरे पछि बम डिस्पोजल टोली गएर बम निष्क्रिय परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ! ससश्त्र प्रहरी ११ नम्बर गणका अनुसार प्लास्टिकमा संकास्पद प्रेशर कुकर बम र मोबाईल फोन भेटिएको हुँदा उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विओपि औरैया रौतहटबाट सप्रनि हरि प्रसाद के.सी.को कमाण्डमा ९ जना¸ विओपि रामपुरखाप रौतहटबाट सप्रनि काजीराम श्रेष्ठको कमाण्डमा ७ जना¸ जिल्ला प्रहरी कार्यालय गौर रौतहटबाट प्रनि चन्द्रेश्वर यादवको १६ जना र नेपाली सेनाको श्री ईन्द्र बक्स गण गौरबाट सेनानी पुजन भुपाल सिंहको कमाण्डमा ८ जनाको टोली खटिई गई नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त स्थानबाट २०० मिटर पुर्व तर्फ सुरक्षित स्थानमा लगि डेटोनेटर र डेडकर्डको सहायताले डिस्पोज गरेको हो ! डिष्पोज गर्दा उक्त संकास्पद बस्तु प्रेसर कुकर बम (IED) रहेको पाईएको साथै उक्त प्रेसर कुकर बम भित्र अन्दाजी १० केजी बिष्फोटक पदार्थ सहित फलामको नट बोल्ट र फलामको टुक्राहरु पाईएको प्रहरीले जनाएको छ ! बम किन र कुन उदेश्यले कुन समूहले राखेको सो खुल्न सकेको छैन ! निमित प्रमुख प्रसाशकीय अधिकृत नन्द किशोर गुप्ताले कुनै समूहले कुनै किसिमको चन्दाको विषयमा फोन नगरेको बताएका छन ! उहाले विगत केहि दिन देखि यस क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न रहेको व्यक्तिहरूको चहल पहल बढेको बताए

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here