रौतहट ।। समुदाय(प्रहरी साझेदारी (Community-police Partnership)कार्यक्रम अनुरुप तेस्रो दिन रौतहट प्रहरी ले जिल्लाको विभिन्न ठाउमा आगे ताप्ने व्यवस्था मिलाएका छन ।
स्थानीय तहले गर्नु पर्ने कार्य नेपाल प्रहरी ले गरिरहेका छन । चिसो बढेको तेस्रो दिन देखि नै प्रहरीले दलित बस्तीहरुमा न्यानोपना महसूस हुने उदेश्यले दाउरा व्यवस्थापन गराउन शुरू गरेका छन ।
स्थानीय सरकारका नेतृत्व गर्नेहरु ढिलासुस्ती गरेपनि प्रहरीले सामाजिक कार्यमा सक्रियता ल्याएर जनताको मन जितने प्रयास गरेका हुन । जिल्ला प्रहरी कार्यालयका मातहत रहेका प्रहरी चौकीका प्रमुखहरुले आ आफ्नो क्षेत्रमा जाड़ो छल्नका लागि रहत स्वरुप आगे ताप्ने व्यवस्था गरेको हो ।
आइतवार जिल्लाको बिभिन्न नगरपालिका, गाउँपालिकाहरुको बिपन्न समुदाय,गाउँ,टोल,वडाहरुमा रहेका डोम,मुसहर,ढांगर बस्तीहरुमा शितलहरको कारण चिसोबाट बच्नको लागी दाउरा बाली आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले १ ठाउँमा, ई.प्र.का.लक्ष्मिनियाले फतुवाबिजयपुर न.पा.७ मा १ ,८ मा(३,९ मा १ ठाउँमा ,१० मा २ ऐ.ऐ.न.पा.११ म १ ठाउँमा आगे ताप्ने व्यवस्था गरेका छन ।
त्यस्तै गुजरा न.पा.४ मा(४ ठाउँमा, ईलाका प्रहरी कार्यालय चपुरले १५ ठाउँमा,ईलाका प्रहरी कार्यालय गरुडाले(१४ ठाउँमा,ईलाका प्रहरी कार्यालय मौलापुरले(२ ठाउँमा, ईलाका प्रहरी कार्यालय देवाहोनाहीले ५ ठाउँमा, प्रहरी चौकी मठियाले(३ ठाउँमा,प्रहरी चौकी बेलबिछवाले २ ठाउँमा,प्रहरी चौकी औरैयाले( २ ठाउँमा, प्रहरी चौकी वडहर्वाले १ ठाउँमा गरी जम्मा ५७ स्थानहरुमा आगो ताप्ने गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जाड़ो छल्न ५७ ठाउमा गरे आगेको व्यवस्था
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।