रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिकामा ४ ठाउमा अवैध रुपमा सञ्चालनमा रहेको घरेलु मदिरा उत्पादन गर्ने भट्ठी आइतवार प्रहरीले तोरफोर गरेका छन ।
जिल्ला प्रहारी कार्यालय रौतहट र मातहत ईलाका प्रहरी कार्यालय राजपुर, ईलाका प्रहरी कार्यालय कोपवा पिपरीया बाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला रौतहट परोहा नगरपालिका वडा नं.५ भेडियाही स्थिमा ४ जनाले अबैध रुपमा संचालन गरेको ४ ओटा उत्पादन गर्ने भट्टीहरु नष्ट गरेको हो ।
तोरफोर गर्ने क्रममा भट्टीहरुबाट अन्दाजी १२०० लिटर कच्चा पदार्थ तयारी मदिरा २० लिटर बरामद गरी सोही स्थानमा नष्ट गरी मेसिन ६ थान ड्रम १७ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भट्ठी संचालकको खोज तलाश भै रहेको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।