राजविराज ।। गायत्री महिला चेतना केन्द्रले सिरहा जिल्लाको धनगढ़ी नगरपालिका वड़ा नम्बर १ छपरारी बाजार वखैर टोलमा २५ जना गरीव ,अपांग ,टूहूराहरुलाई कम्बल वितरण गरेका छन ।
केहि दिन देखि बढेको चिसोले जनजीवन कस्टकर बनीरहेको बेला गायत्री महिला चेतना केन्द्रले न्यानो कपड़ा वितरण गर्ने अभियान शुरू गरेका छन । यस अघि केन्द्रले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वड़ा नम्बर २ र ३ का हिंसामा परेकी महिलाहरुलाई कम्बल र स्वीटर बाडेका थिए ।
स्थानीय देवकी सदाय ,अमेरिका मुखिया ,संतोलिया सदाय ,रसिया सदाय ,सुवा महतो ,फुला देवी , विरखि सदाय , गंगिया राय , पानो सदाय सहित २५ जनालाइ कम्बल वितरण गरिएको केन्द्रका अध्यक्ष जूही कुमारी ठाकुरले जनाएका छन । अध्यक्ष ठाकुरले आपदा र विपत्तिको बेलामा गरीव ,असहाय , पीड़ित , दलित , विपन्न वर्ग समुदायका व्यक्तिलाइ सहयोग गर्नु पर्ने धरना रहेको बताइन ।
उनले बढ्दै गएको शीतलहरको जोखिममा विना न्यानो कपडाको बस्न बाध्य भएका लाइ स्थानीय सरकारले बेलैमा न्यानो कपडा व्यवस्था गर्नु पर्ने बताए । मानव सेवा गर्नु सराहनीय गारण्य भएकोले आपहु यस्तो कार्यमा लागेको बताउँदै अध्यक्ष ठाकुरले अरुलाईमा यस्तो कार्यमा लाग्नु पर्ने अपील गरे ।
भुईमा छाना विहीन घरमा सुत्ने बसने बाल बालिका ,बृद्ध बृद्धालाइ शीतलहरको कारण ज्यान गुम्ने जोखिम बाढ़ि रहेकोले यस प्रति गंभीर हुनु पर्ने टिपण्णी गरे ।
विपन्न परिवारलाइ कम्बल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।