सिन्धुपाल्चोक ।। सामुहिक छाला हस्तकला उद्योग खोलेका सिन्धुपाल्चोक सिन्धुकोटका स्थानीय बजार अभावका कारण समस्यामा परेका छन् । परम्परागत पेशालाई आधुनिक प्रविधीमैत्री बनाएर उद्योग सञ्चालन गरेका स्थानीय बजार अभावसँगै समस्यामा परेका हन् । मेलम्ची नगरपालिका ५ सिन्धुकोटका ८० घर परिवारले सिन्धुकोट सामुहिक छाला हस्तकला उद्योगको संचालन गरेका थिए । उद्योगलाई आधुनिकिकरण गरेपछि उत्पादन बढ्यो तर बजार भने नपाएको स्थानीयको गुनासो छ । बजार अभावका कारण अहिले उद्योगमा छाला जन्य सामाग्रिको उत्पादन ठप्प जस्तै भएको छ । भारतीय छालाका सामानको आयात बढेपछि नेपाली छालाबाट बनेको सामानले बजार नपाएको धन बहादुर सार्कीको भनाइ छ । सिन्धुकोटमा उत्पादन भएका छाला जन्य सामान ठमेल, पोखरा जस्ता मुख्य पर्यटकिय शहरमा सस्तो मुल्यमा प्यापार हुने गरेको छ । छाला जन्य सामान उत्पादन गर्नेहरूलाई सहुलियत ब्याजमा ऋण दिन, रोजगारी सिर्जना गर्न, मुलुकको रकम बाहिरिन नदिन, सरकारले केही समय छाला उद्योगलाई संरक्षण गर्ने नीति ल्याउनुपर्ने व्यवसायीको माग छ ।
छाला उद्योगका बजार अभावका कारण समस्यामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।