रौतहट ।। द सहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २३ औ वार्षिक साधारण सभा सम्वन्धी छलफल कार्यक्रम गौरमा संपन्न भएको छ ।
द सहारा लोन सेविंग्स को अ‘ापरेटिव सोसाइटी लिमिटेड सेवा केन्द्र गौरको आयोजनामा भएको छलफल कार्यक्रममा सेवा केन्द्र गौरका प्रमुख उमेश राय यादवले आर्थिक वर्ष २०७५।०७६ को आर्थिक कारोबारको प्रस्तुति गरेका थिए । सेवा केन्द्र गौरले सो आर्थिक वर्षमा ४१ लाख ५१ हजार ११९ रुपैया ३९ पैसा नाफा गरेको जानकारी गराएका छन ।
कार्यक्रममा सहभागी भएकाहरुलाई सेवा केन्द्रका प्रमुख ले ९ करोड़ १३ लाख ५९ हजार ८६२ रुपैया ६६ पैसा ऋण लगानी रहेको जनाए । ४ करोड़ ५५ लाख ६१ हजार ४७२ रुपैया कुल बचत भएको तथा ६६ लाख ५४ हजार शेयर रकम रहेको जानकारी गराइएको थियो ।
केंद्रीय समितिको सदस्य राकेश पाण्डेयको सभापतित्वमा संपन्न भएको छलफल कार्यक्रममा असल फील्ड कार्यकर्त्तामा राम कैलाश बैठा , असल बचतकर्तामा जिल्ला बार एशोसिएसनको कल्याण कोष र असल ऋणीमा उमेश कुमार सिंहलाइ सम्मानित गरिएको छ । छलफल कार्यक्रममा शेयर सदसयहरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here