काठमाडाैं ।। मौसम पूर्वाअनुमान महाशाखाका अनुसार चिसो अझै बढ्ने छ । काठमाण्डौँ उपत्यकाको न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस रहेको छ । आज विहान पश्चिम तराईका जिल्लाका थोरै स्थानहरुमा बाक्लो कुहिरो लागेको छ । तर मध्यान्नपछि विस्तारै कुहिरो हट्ने महाशाखाले जनाएको छ । मध्य तराइमा विहानी पख पातलो कुहिरो लागेको छ । पूर्वी तराईमा भने आज विहानैदेखि बाक्लो कुहिरो लागेको छ । दिउँसो भने देशभरीको मौसम सफा रहने मौसमविद् समिर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here