डडेलधुरा ।। विद्यालयमा महिनावारी भएपछि बीचमै कक्षा छोड्नु पर्ने बाध्यता अझै पनि अधिकांश विद्यालयमा छ । तर डडेल्धुरा सदरमुकामको महेन्द्र माध्यमिक बिद्यालयमा स्मार्ट कार्ड प्रयोग गरी सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याइएपछि छात्राहरूलाई सजिलो भएको छ । अमरगढी नगरपालिका–५स्थित महेन्द्र माध्यमिक विद्यालयमा स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट ‘सेनेटरी प्याड’ निकाल्ने व्यवस्था मिलाइएको हो । अमरगढी नगरपालिकाको पहलमा ‘सेनेटरी प्याड’ निकाल्ने मेशिन सञ्चालनमा ल्याएपछि सजिलो भएको छात्राहरूको भनाइ छ । पहिले महिनावारी भएको बेला समस्या हुने, विद्यालयमा महिनावारी भए बीचमै कक्षा छोड्नु पर्ने, प्याड माग्न लाजले अफ्ठेरो हुने थियो । अहिले त्यो समस्या नरहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर ऐर बताउनुहुन्छ । सरकारले पनि हरेक सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने घोषणा गरेको छ । महिनावारीका कारण पढाइमा प्रभाव नहोस् भन्नका लागि प्याड मेसिनको व्यवस्था गरिएको अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीको भनाइ छ । महिनावारी भएका बेला प्रयोग गर्नका लागि प्याडको सुविधा यसअघि भए पनि माग्नका लागि छात्राहरूले अफ्ठेरो मान्थे । मेसिनबाट आफैं निकाल्न पाउने भएपछि अब सजिलो हुने उनीहरुले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here