जुम्ला ।। जुम्लाको नेत्रहिन संघले देउसी भैलो खेलेर जम्मा गरेको रकमले दृष्टिविहिन व्यक्तिहरुलाई आवश्यक सामग्री वितरण गरेको छ । हिजो अपाङ्ग दिवसको अवसरमा १७ जनालाई सेतो छडी, ४ जनालाई अडियो पुस्तक र न्यानो कपडा वितरण गरिएको हो । सरकारी तवरबाट सेतो छडी वितरण नहुनु दुःखद् भएको नेत्रहिन संघ जुम्लाका अध्यक्ष धनप्रसाद न्यौपानेले बताउनुभयो । सेतो छडी, दृष्टिविहिनहरुलाई आवतजावत गर्न सहारा दिने एकमात्र उपकरणका रुपमा लिने गरिन्छ । सेतो छडीको माध्यमबाट दृष्टिविहिनहरु स्वतन्त्र रुपमा हिड्डुल गर्न सक्छन् । अडियो अर्थात् सुन्न सकिने पुस्तक पाएपछि दृष्टिविहिनहरुले खुसी भएका छन् । नेत्रहिन संघ जुम्लाले न्यानो कपडा तथा सुन्न सकिने खालका पुस्तक दिएपछि दृष्टिविहिनहरु खुसी भएका हुन् । संविधानले अपाङ्गताको आधारमा कुनै पनि प्रकारको भेदभाव गर्न, सेवा सुविधा र अवसरबाट बञ्चित गर्न नपाइने प्रावधान सुनिश्चित गरेको छ ।
Home प्रदेश समाचार कर्णाली प्रदेश देउसी भैलो खेलेर जम्मा गरेको रकमले दृष्टिविहिन व्यक्तिहरुलाई आवश्यक सामग्री वितरण
देउसी भैलो खेलेर जम्मा गरेको रकमले दृष्टिविहिन व्यक्तिहरुलाई आवश्यक सामग्री वितरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।