डोटी ।। डोटीलाई अदुवा र बेसारमा आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षदेखि दुई गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुरु गरिएको छ । योसँगै जोरायल गाउँपालिकाको २,४ र ६ नम्बर वडा र बडिकेदार गाउँपालिकाको ३ वडालाई अदुवा तथा बेसार पकेट क्षेत्र छनोट गरिएको छ । १० वर्षसम्म चल्ने यो परियोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख ४७ हजार विनियोजन गरिएको छ । योसँगै अदुवाको बजारीकरण तथा मुल्य पाउने भन्दै अदुवा किसान खुशी भएका छन् । वर्षौदेखि अदुवा र बेसार खेतिलाई आफ्नो मूख्य व्यवसाय बनाएपनि अदुवाको उचित मूल्य नतोकिँदा समस्या भएको किसानको गुनासो छ । अब भने बजारिकरणमा पनि सजिलो हुने अपेक्षा किसानहरुले गरेका छन् । रोजगारी, आम्दानी र खाद्य सुरक्षा सुनिश्चित गर्न अदुवा र बेसारमा लगानी बढाईएको डोटीका प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रमुख तथा कृषि अधिकृत नवराज श्रेष्ठले बताउनुभयो । जोरायल गाउँपालिकालाई अदुवाको पकेट क्षेत्रको रुपमा विस्तार गरिनुले यसबाट सरकारले लिएको दिगो विकासको लक्ष्य पूरा गर्न पनि सजिलो हुने जोरायल गाउँपालिकाका उपाअध्यक्ष जमुना बोहराको भनाई छ । बजारको उचित व्यवस्था भए उत्पादनमा पनि जाँगर लाग्ने किसानहरु बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here