नवलपरासी ।। नवलपरासीको गैँडाकोट ५ का महिलानहरु दुनाटपरी बुनेर आम्दानी गर्न थालेका छन् । महिलाहरुले सालको पातको दुनाटपरी बुनेर व्यापार गरी आम्दानी गर्न थालेका हुन् । हातैले खुटेका टपरी प्रतीगोटा १० रुपैयाँ र दुना प्रतिगोटा ५ रुपैयाँमा बिmक्री हुने गरेको छ । सिजनमा अर्थात विवाह, स्वस्थानी व्रतका बेला दिनकै महिलाहरूले १५ सयदेखि २ हजार कमाउने गरेका छन् । मेसीनबाट बुनेर बजारमा आउने दुनाटपरीसँग प्रतिस्पर्धा गर्न सकेकोमा खुसी लागेको लक्ष्मी गौतमको भनाई छ । दिगो विकासका लक्ष्यमा पनि राजनीतिक, आर्थिक र सार्वजनिक जीवनका सबै निर्णायक तहमा महिलाहरुको पूर्ण प्रभावकारी नेतृत्व, सहभागिता तथा समान अवसर सुनिश्चित गर्ने उल्लेख छ । जसलाई नेपाल सरकारले पनि स्वीकार गरी कार्यान्वयनमा लगेको छ । आफैले कमाएको रकमले आत्मविश्वास बढाउन सहयोग गरेको दुनाटपरी बनाउने महिलाहरुको बुझाई छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here