जुम्ला ।। जुम्लामा सामाजिक विकास कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय अन्र्तगतको सामाजिक विकास कार्यालय हिजो स्थापना भएको हो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले कार्यालय उद्घाटन गर्नुभएको हो । उद्ध्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख सार्किले कुन कार्यालयबाट कस्तो सेवा पाउने भन्नेमा नागरिक अलमल भएको बताउनुभयो । जिल्लामा स्थापना भएका कार्यालयहरुबाट दिईने सेवाबारे यहाँका स्थानीय जानकार नहुँदा यस्तो समस्या भएको उहाँको भनाइ छ । यस्तै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले स्थापना भएको कार्यालयलाई नतिजामूखि काम गर्न आग्रह गर्नुभयो । कार्यालयले जुम्लामा महिला तथा बालबालिका, जेष्ठ नागरिक, शिक्षा र कृषि क्षेत्रमा काम गर्ने जनाइएको छ । सामाजिक विकास अधिकृत बलवीर सुनारका अनुसार यो आथिक वर्षमा कार्यालयको भवन निर्माणमा ७ करोड र अन्य कार्यक्रम तर्फ २ करोड बजेट रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here