रामेछाप ।। आगामी मंसिर १४ मा उमाकुण्ड गाउँपालिका–५ प्रितिमा हुने वडा अध्यक्षको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षाकर्मीको संख्या बढाइएको हो । राजनीतिक दलहरुले चुनावी अभियान तीब्र बनाएसँगै निर्वाचनमा हुन सक्ने सम्भावित अवस्थालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले निर्वाचनमा एकसय भन्दा बढी प्रहरी परिचालन गरिने र प्रहरीलाई खटाइसकेको जानकारी दिनुभयो । निर्वाचनमा शसस्त्र प्रहरी बल र नेपाली सेना समेत परिचालन हुनेछन् । जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । यसअघि बसेको सर्वदलिय बैठकले निर्वाचनलाई निष्पक्ष बनाउने प्रतिबद्धता जनाइसकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।