काठमाडाैं ।। इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा परी १५ जना घाइते भएका छन् । उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बिस्फोटमा ६ जना घाइते भएका थिए । त्यसैगरी दक्षिणपश्चिम बया जिल्लामा दोस्रो मोटरसाइकल बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ् । यस्तै पूर्वी बलदियात जिल्लामा भएको बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको बताइएको छ । गत अक्टुबरदेखि नै इराकमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा हिंसाका घटनाहरु भइरहेका छन् । पछिल्लो समय बढ्दै गएका हिंसाका कारण तीन सय भन्दा बढीको मृत्यु भइसकेको छ । नेतृत्वविहिन विद्रोहीले सन् २००३ पछिको राजनीतिक प्रणाली भत्काउन हिंसात्मक गतिविधि बढाएको इराक सरकारको आरोप छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here