काठमाडौं ।। १३ औ दक्षिण एसियाली खेलकुद अनर्तगत महिला भलिबलको पहिलो खेलमा नेपालले सानदार सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई साझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५(९ ले जितेको नेपालले त्यसपछि लगातार बंगलादेशलाई दबाबमा राख्दै खेल जितेको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले दोस्रो सेट पनि २५(९ ले नै जित्यो। साथै सुरुवात केही प्रतिस्पर्धात्मक देखिएको तेस्रो सेटमा २५–११ ले हराउँदै नेपालले पहिलो खेल जितेको हो।
सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल खेल चार दिन अघि नै सुरु भएको हो।
महिला भलिबलमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत छन्। समूह ‘बी’ मा भने माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन्।
आजै हुने समूह ‘बी’ को खेलमा माल्दिभ्सले पाकिस्तानसँग ५ बजे प्रतिस्पर्धा गर्नेछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here