काठमाण्डौं ।। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ चेतनामूलक कार्यक्रम प्रचारात्मक मात्रै भएको टिप्पणी गर्नुभएको छ । अब लैगिंक हिंसाका घटनामा कमि ल्याउनको लागि प्रचारात्मक मात्र नभई कामै गर्नुपर्ने उहाँले बताउनुभएको छ । ‘समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामुदायिक सुचना नेटवर्क सीआईएनले हिजो गरेको सञ्चार अभियान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । देशभरी नै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत विभिन्न चेतनामुलक कार्यक्रम भैरहेको छ । विभिन्न गैर सरकारी संघ सस्था तथा सरकारले पनि चेतनामूलक कार्यक्रम गरिरहेका छन् । सबैभन्दा बढी प्रदेश दुई अर्थात तराईका जिल्लामा लैंगिक हिंसाका घटना बढी हुने गरेका छन् । त्यस क्षेत्रका लैंगिक हिंसाका घटनालाई न्यूनिकरण गर्न सरकार गम्भिर हुनुपर्ने सामाजिक अभियन्ता धिरेन्द्र शाहले बताउनुभयो । नेपाल प्रहरीका अनुसार अघिल्लो वर्षको तुलनामा महिला तथा बालबालिका माथि हुने हिंसाका घटना १७ प्रतिशतले बढेका छन् । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा मात्र पाँच हजार दुई सय १४ महिला तथा बालबालिमा माथी ९ प्रकारको हिसां भएको भएका छन् । तर पीडित अझैपनि न्यायको पहँुचमा पुग्न सकेका छैनन् । उनिहरुका लागि हरेक निकायमा सहायता कक्ष हुनुपर्ने नेपाली काँग्रेसका नेता कृष्णाकुमारी बस्नेतले बताउनुभयो । सरकारी तथा गैरसरकारी निकायले लैंगिक हिंसाको विरुद्धमा छुट्टै कार्यक्रम बनाएर चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर अझै पनि लैंगिक हिंसाका घटनामा कमि आउन सकेको छैन । सरकारी तथा गैरसरकारी निकायले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समयमा प्रचारात्मक कार्यक्रम मात्रै गर्दै आएको र यसबाट उपलब्धीमुलक काम हुन नसकेको कतिपयको तर्क छ ।
Home मुख्य समाचार ‘समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६...
‘समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज तेस्रो दिन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।