फाइल फाेटाे

पर्वत ।। पर्वतमा निर्माणाधिन १५ मेगावट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६ सय ९४ मिटर लामो सुरुङ खनेर सकिएको मध्यमोदी जलविद्युत आयोजनाका जनसम्पर्क प्रमुख अशोक आचार्यले जानकारी दिनुभयो । आयोजनाले सुरुङ निर्माणको क्रममा स्थानीयको अवरोध पटक–पटक खेप्दै आएको थियो । वि.सं. २०७१ सालबाट आयोजनाको सुरुङ खन्न शुरु भएको थियो । चौधरी ग्रुपले यो आयोजना निर्माणको काम गरिरहेको छ । आयोजनाको काम हालसम्म ७५ प्रतिशत सम्पन्न भएको आयोजना पक्षले जनाएको छ । आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ । पावर हाउस निर्माणको काम पनि यसै साताबाट शुरु भएको छ । यो आयोजनाको काम २०७७ साल सम्म सक्ने सम्झौता रहेको छ । सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहेको छ । निर्धारित मितिमा काम सक्न आयोजनाले धमाधाम काम गरिरहेको आयोजना पक्षले जनाएको छ । तोकिएको मितिमा काम सक्ने दवाव रहेको जनसम्पर्क अधिकृत आचार्यले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here