हुम्ला ।। हुम्ला मुगुको सोरु गाउँपालिका अहिले कर्मचारीविहिन भएको छ । कर्मचारी समायोजन भएसँगै कर्मचारीहरु रमना लिँदै गएपछि अहिले गाउँपालिका कर्मचारी बिहीन बनेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले हिजो सूचना जारी गर्दै भएका कर्मचारीहरुलाई ३ दिन भित्र हाजीर हुन भनिएको बताउनुभयो । केहि हप्ता अघि प्रमुख प्रशासकीय अधिकृतलाई नेकपा बिप्लबले कालो मोसो सहित कुटपिट गरेपछि उहाँ कार्यालय आउन छोड्नु भएको छ भने शाखाका कर्मचारीहरु पनि हालसम्म उपस्थित भएका छैनन् । ६ जना सुब्बा सबै वडामा हुनु पर्नेमा खरिदार समेत नभएकोले सेवाग्राहीपनि समस्यामा परेका अध्यक्ष शाहीले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।