दाङ ।। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको दुई कम्युनिष्ट पार्टीको एकता ऐतिहासिक भएको बताउनुभयो । पार्टी एकता गर्नु विभिन्न स्वार्थ रहेको भन्ने बाहिरी रुपमा आएको हल्ला जस्तो नभई तत्कालिन जनयुद्धको पछिको शान्ति वार्ताबाट नै पार्टी एकताको बहस हुँदै आएको उहाँले बताउनुभयो । नेकपा दाङ जिल्ला संगठन कमिटिले हिजो तुलसीपुरमा आयोजना गरेको जिल्ला वैचारिक प्रशिक्षण कार्यक्रमलाई संवोधन गदै उहाँले स्वभिमानि राष्ट्रका रुपमा र नेपाली जनतालाई समृद्ध, सुखी बनाउन दुई कम्युनिष्ट पार्टी एक भएको उल्लेख गर्नुभयो । साथै उहाँले पार्टीको ठोस कार्यदिशा तयार नहँुदा अहिले आम कार्यकर्तामा अन्यौलता भएको भन्दै पार्टी एकताको बाँकी काम अन्तिम टुङ्गोमा पुगेको बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।