काठमाडौँ ।। संघीय निजामती सेवा विधेयक, २०८२ बहुमतले पारित भएको छ।​ आइतवारको प्रतिनिधिसभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। जसमाथि छलफल भई मन्त्री गुप्ताले छलफलमा उठेका प्रश्नको जवाफ दिए । मन्त्रीले जवाफ दिइसकेपछि सदनमा संघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे। प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरूले सहमति जनाएसँगै विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here