काठमाडाैं ।। चीनमा आयोजना हुने बी एण्ड आर कप क्रिकेट खेल्नका लागि नेपाली टोली आज चीन जान लागेको छ । हिजो नेपालले १४ सदस्सीय महिला १९ वर्ष मुनिको क्रिकेट टोलीको घोषणा गरेको हो । डोली भट्टको कप्तानीमा टोली त्यसतर्फ जान लागेको हो । यस्तै नेपालले बैकल्पिकमा ३ खेलाडी समेत छनोट गरेको छ । चीनको सांघाईमा हुने प्रतियोगिता नोभेम्बर ११ देखि १६ सम्म हुनेछ । नेपालले नोभेम्बर ११ मा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नोभेम्बर १२ मा नेपालले दुई खेल खेल्नेछ । पहिलो खेल साउदी अरेबिया र दोस्रो खेलमा चीनको सामना गर्नेछ । यस्तै नोभेम्बर १४ मा मलेसिया र नोभेम्बर १५ मा म्यानमारसँग खेल्नेछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का मुख्य प्रशिक्षक जगत टमटा, छनोट समितिका बिनोद दास र १९ वर्ष मुनिको टोलीका मुख्य प्रशिक्षक कलाम अलीको सहभागितामा टोलीको घोषणा गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here