रौतहट ।। रौतहट जिल्लाको राजपुर फरहदवामा भएको बम विस्फोटको घटनामा घाइते भएकोहरुलाई जिउदै जलाएको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्व मन्त्री अफताव आज तेस्रो दिन सकिएको छ । हिजो बुधवार कर्तव्य ज्यान मुद्दामा बयान सकिएकामा आज बिहीबार ज्यानमार्ने उद्योग र बम विस्फटको मुद्दामा बयान सकिएको हो । तीन ओटा मुद्दामा रौतहट जिल्ला अदालतले तीन दिन लगाए । तीन दिनमा उनीसित करिब ५१ ओटा प्रश्न सोधिएको बताइएको छ । अब बहस थुनछेक हुनेछ । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।