पर्वत ।। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले विकासमा प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको छ । हिजो पर्वतको लुङ्खु हुवास सडकखण्डको कालोपत्रे कार्यको शिलन्यास गर्दै तिमिल्सीनाले विकासमा प्रतिष्पर्धा गर्नु राम्रो भएपनि अवरोध गर्नु उचित नहुने बताउनुभयो । विगतमा काँग्रेसको नेतृत्वमा खनिएका सडक अहिले कम्यूनिष्ठ सरकारले कालोपत्रे गर्न थालेको उल्लेख गर्दै तिमिल्सीनाले विकासमा यो किसिमको दुई दलको प्रतिस्पर्धाले फाईदा पुगेको दाबी गर्नुभयो । गत असारमा टेण्डर आह्वान भएको १५ किलोमिटरको सडक खण्डमा हिजोबाट कालोपत्रेको काम शुरु भएको हो । ३६ करोड ९२ लाख ९३ हजारको लागतमा सडक कालोपत्रे हुन लागेको हो । ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) मार्फत सडक कालोपत्रे हुन लागेको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । महाशिला र पैयूँ गाँउपालिका जोड्ने यो सडक कालोपत्रे भएपछि पैंयु गाउँपालिकाका बासिन्दा स्याङ्गजा, पोखरा भएर बर्षा याममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मा देखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको छ भने लमायखोलादेखि लुङ्खुसम्मको १३ किलोमिटर सडक कालोपत्रेको काम पनि अहिले तिव्र गतिमा भइरहेको छ । अब लुङ्खु देउरालीदेखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मादेखि सुदुर दक्षिण पर्वतको हुवासलाई कालोपत्रे सडकले जोड्ने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here