काठमाडाैं ।। मौसम पूर्वानुमान महाशाखाले नेपालमा यस वर्ष चाँडै हिमपात सुरु हुन सक्ने जनाएको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षातसँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । देशका विभिन्न भू भागमा सामान्यदेखि आंशिक बदली हुने र मध्य तथा पूर्वी पहाडी भू भागसँगै पश्चिमी भेगमा वर्षा हुने उहाँले बताउनुभयो । अरबको आँधीको असर भारतको दिल्लीमा परेसँगै त्यहाँ वर्षात् सुरु भएको छ । दिल्लीमा वर्षा भएपछि त्यहाँको प्रदूषण कम हुने अनुमान गरिएको छ । तर, आँधीका कारण दक्षिण–पश्चिम भएर बगिरहेको वायुले केही प्रदूषण हावासँगै नेपाल भित्र्याएको कँडेलले बताउनुभयो । हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
चक्रवातका कारण नेपालमा हिमपातको सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।