काठमाडाैं ।। संयुक्त राज्य अमेरिकाले सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी वार्षिक प्रतिवेदन गलत भएको नेपालका विभिन्न निकायले जनाएको छ । ‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीहरूका लागि बाटो वा गतिविधि गर्ने विन्दुको रूपमा रहेको र रहिरहन सक्ने’ खतरा अमेरिकी प्रतिवेदनमा औँल्याइएको छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो भने नेपालमा त्यस्तो कुनैपनि गतिविधि नभएको दावी गरेको छ । ब्यूरोका प्रवक्ता एसपी बेल बहादुर पाण्डेयले नेपालमा कुनैपनि किसिमको आतङ्कवादसम्बन्धी गतिविधि नभएको र नेपाली भूमिको प्रयोग गरेरपनि त्यस्तोे गतिविधि नभएको सीआईएनसँग बताउनुभयो । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’ मा नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर रहेको र भारतसँगको खुला सीमाका कारण नेपालमा आतकंवादीहरु सहजै प्रवेश गर्न सक्ने जिकिर गरिएको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले भने प्रतिवेदनमा उल्लेख गरिएको सुरक्षासम्बन्धी विषयलाई गलत भएको जनाएको छ । विमानस्थलका प्रवक्ता प्रताप बाबुु तिवारीका अनुसार नागरिक उड्ययन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै विमानस्थलको सुरक्षा संयन्त्र अपनाइएको छ । अमेरिकाको सार्वजनिक गरेको यो प्रतिवेदनले नेपाललाई ठूलो प्रभाव पार्ने जानकारहरु बताउँछन् । पूर्व प्रहरी उपमहानिरिक्षक हेमन्त मल्लले सबैभन्दा बढी पर्यटन वर्षलाई प्रभावित पार्ने बताउनुभयो । उहाँले अमेरिकाको यो प्रतिवेदनपछि नेपाल आउने पर्यटक नआउने सम्भावना बढ्न सक्ने उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय राजनिति र सुरक्षाका विज्ञहरुले भने अमेरिकाको यो प्रतिवेदनलाइ खण्डन गर्दै इन्डो प्यासेफिक र बेल्ट एण्ड रोडको विषयमा असन्तुष्ट भएर अमेरिकाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हुन सक्ने आशंका गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here