धनकुटा ।। पहाडी जिल्लामा खेति गरिने किबीको मूल्य नेपाली बजारमा निकै राम्रो रहेको पाइएको छ । किबी खेतिबाट राम्रो आम्दानी हुने देखेपछि पूर्वि पहाडी जिल्ला धनकुटामा पनि यसको व्यवसायिक खेति शुरु भएको छ । धनकुटा नगरपालिका वडा नम्बर २ चापेका कृष्ण कमल राना मगरले किबी खेति सुरु गरेको पाँच वर्ष भयो । सुरुमा परिक्षण गर्न लगाएको बोटले अहिले आम्दानी दिन थालेको छ । १० बोटबाट किबी खेति सुरु गर्नुभएका, उहााले अरु ३० बोट थप्नुभएको छ । १० बोटमा फलेको किबीले वर्षको एक लाख भन्दा धेरै आम्दानी दिएको मगरको भनाइ छ । किसान कृष्ण कमल र दलबहादुर । अहिले त्यस क्षेत्रका अरु किसान पनि किबी खेतिमा आकर्षित भएका छन् । चाँपे गाउँ नै किबीमय बनेको छ । सो क्षेत्रका किसानले बन्दा लगायतका तरकारी खेती घटाएर किबी खेति सुरु गरेका हुन् । मगर समुदायको मात्र बसोवास रहेको चाँपे गाउँका २४ परिवारले अहिले किबी खेती गरेका छन् । उनीहरुले कम्तिमा १० देखि ८० बोटसम्म किबी लगाएका छन् । किबीले रोपेको तीन वर्षबाट उत्पादन दिन थाल्छ । बयस्क बोटले सय किलोसम्म उत्पादन दिने किसानहरु बताउँछन । एउटा बोटबाट ५० वर्षसम्म उत्पादन लिन सकिके किबीको फल, बारीबाटै प्रति किलो दुई सय रुपैयाँसम्म बिक्रि हुने गरेको छ । इलाम, दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि किबीको व्यवसायिक खेति भईरहेको छ । कतिपय जिल्लामा स्थानीय तहले किबी विशेष क्षेत्र बनाएर पनि किसानलाई प्रोत्साहन गरिरहेका छन् ।
धनकुटामा किबीको व्यवसायिक खेति शुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।