काठमाडाै ।। भारतमा बढेको प्रदूषणको असर नेपालमा पनि परेको छ । भारतमा प्रदूषण बढ्दा काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तुवालो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । भारतको प्रदुषको प्रभाव नेपालमा पनि परिसकेकाले सरकार यसमा सचेत हुनुपर्ने वातावरण विद् भुषण तुलाधरले सीआईएनसंग बताउनुभयो । सरकारले भने भारतको प्रदूषणको प्रभाव नेपालमा रोक्न नसकिने तर्क गरेको छ । तर नेपालमै हुने प्रदुषण कम गर्नका लागि योजना बनिसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीले सीआइएनसंग बताउनुभयो । वायुमण्डल प्रदूषित भएपछि दिल्ली सरकारले सार्वजनिक स्वास्थ्य क्षेत्रमा संकटकाल घोषणा गरेको छ । निर्माण कार्यमा प्रतिबन्ध लगाइएको छ भने विद्यालय पनि बन्द छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here