काठमाडाैं ।। निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज पनि जारी रहने भएको छ । हिजो बहस नसकिएपछि हेर्दा हर्दैमा राखिएको छ । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखेको हो । आज ३१ अधिवक्ता अथवा वकिलले बहस गर्ने भएका छन । बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् भने महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, अधिवक्ता सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनाली लगायतले बहस गर्दैछन् । संसद सचिवालयका एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान अस्ति सकिएको थियो । समय अभावपछि हिजोबाट मात्रै थुनछेक बहस सुरु भएको थियो ।
निवर्तमान सभामुख महराको थुनछेक बहस आज पनि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।