फाइल फोटो

डोटी ।। बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडामा पहिलो पटक विजुली बत्ती बलेको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय लाईनको विजुली गाउँमा पुगेपछि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो । गाउँ कार्यपालिकाको पहिलो बैठकले उज्यालो गाउँपालिका बनाउने निर्णय गरे अनुसार केन्द्रीय लाईन बिस्तार र स्थानीय हाईड्रोपावर निरन्तरताको काम भैरहेको गाउँपालिकाका अध्यक्ष गडसिलाले बताउनुभयो । उज्यालो बोगटान फुड्सिल गाउँपालिका बनाउने आफ्नो योजना कार्यान्वयन हुँदै गएको अध्यक्ष गडसिलाले बताउनु भएको छ । बिजुली पुगेपछी शिक्षा, स्वास्थ्य तथा प्रविधिका काममा सजिलो हुने स्थानीयले बताएका छन् । गाउँमा पहिलोपटक बिजुली बत्ती पुगेपछि गाउँलेहरूले खुसियाली मनाएको वडा न. ६ का वडा अध्यक्ष बिरेन्द्रबहादुर चन्दले बताउनुभयो । गाउँपालिकाका सात्फरी, धिर्कामाण्डौं र चवराचौतारमा स्थानीय जलबिद्युत योजनाले विद्युत सञ्चालनमा रहेको छ । बोगटान फुड्सिल गाउँपालिकामा स्थानीय हाईड्रोपावरबाट यस भन्दा पहिला बिजुली बालेको भएपनी केन्द्रीय लाईन भने गाउँपालिकामा पहिलो पटक सञ्चालनमा आएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here