सिन्धुपाल्चोक ।। मंसिर १४ मा हुने उपनिर्वाचनमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–८ मा हुने निर्वाचनका लागि दलहरुले तयारी सुरु गरेको छ । निर्वाचनमा नेकपा र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । यसअघि कांग्रेसबाट उम्मेदवार बन्नुभएका धनबहादु श्रेष्ठले वडा नम्बर ८ मा चुनाव जित्नुभएको थियो । श्रेष्ठको मृत्यु भएपछि वडा नम्बर ८ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा १४ सय ३१ मतदाता रहेकोमा २७ जनाको दावी बिरोध परेपछि अब १४ सय ४ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । कुल १२ सय २१ मतदाता रहेको वडा नम्बर ८ मा पहिलो चुनावमा १ हजार १६ मत खसेको थियो भने ९ सय ४४ मत सदर भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here