तेह्रथुम ।। उत्पादन र बजारीकरण सँग जोड्न तेह्रथुमको छथर गाउँपालिकाले ‘एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । जिल्लाका अन्य पाँच स्थानीय तहलाई उछिन्दै छथर गाउँपालिकाले ‘एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको हो । गाउँपालिका भित्रका सबै किसानसम्म पुग्ने गरी सञ्जाल नै गठन गरेर गाउँपालिकाले कार्यक्रम सुरु गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । कार्यक्रमका लागि चालु आर्थिक वर्षमा खर्च गर्ने गरी ६० लाख रुपैयाँ विनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रत्येक वडाका प्रत्येक टोलमा हावापानी सुहाउँदो कृषि उपज, पशु र पञ्छी पालनका लागि बिनीयोजित बजेट खर्च गरिनेछ । कार्यक्रम कार्यान्वयनका लागि माटो परिक्षण, पशु पालनका लागि घाँसको परिक्षण, पञ्छी र माछा पालनका लागि समेत अध्ययन भैरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here