बाजुरा ।। बाजुरामा पहिलो पटक स्क्रब टाइफसको बिरामी फेला परेको छ । अत्याधिक सङ्ख्यामा जिल्ला अस्पताल बाजुरामा बिरामी बढ्न थालेपछि डाक्टरहरुले विशेष ध्यानमा राखेर उपचार गर्न थालेपछि बाजुरा जिल्ला अस्पतालमा एक महिलामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो । जिल्लाको बडिमालिका नगरपालिका–१ पिनालेखका ५१ वर्षका किट्टी कार्कीमा स्क्रब टाईफस भेटिएको अस्पतालका डाक्टर दुर्गाराज महर्जनले बताउनुभयो । कार्कीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने समस्याले गर्दा गत असोज २४ गते जिल्ला अस्पतालमा उपचारका लागि आउनुभएको थियो । उहाँलाई जाँच गर्दा स्क्रब टाईफस रोगबाट संक्रमण भएको पत्ता लागेको मर्हजनले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।