काठमाडाैं ।। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ६ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य तय गरेको छ । भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ५ दशमलव ८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको हो । क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा मूल्य वृद्धिदर सबैभन्दा धेरै रहेको राष्ट्र बैंकका निर्देशक रामशरण खरेलले सीआइएनसँग बताउनुभयो । गत भदौमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७ दशमलव ९० प्रतिशत, तराईमा ५ दशमलव ६९ प्रतिशत, पहाडमा ५ दशमलव ०९ प्रतिशत र हिमालमा ५ दशमलव ०२ प्रतिशत रहेको उहाँले बताउनुभयो । गत वर्षको भदौमा काठमाडौं उपत्यकामा २ दशमलव ९८ प्रतिशत, तराईमा ३ दशमल ६८ प्रतिशत, पहाडमा ५ दशमलव ० प्रतिशत र हिमालमा ३ दशमलव ३५ प्रतिशत मूल्य वृद्धि दर रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here