काठमाडाैं ।। एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्न लागेको हो । नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजेबाट सुरु हुनेछ । इरानको उर्मियामा नेपाल उज्वेकिस्तानविरुद्ध कम्तिमा अङ्क जोड्ने योजनामा हुनेछ । तर, छनोटकै सर्वाधिक बलियो मानिएको उज्वेकिस्तानविरुद्ध नेपाललाई जित भने सहज छैन । यसअघि हिजो भएको छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । इरानको उर्मियामा भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । जितसँगै छनोटको सेन्टर र साउथ जोनमा रहेको ताजिकिस्तानले ३ अङ्क जोडेको छ । अब नेपालले अन्तिम खेलमा भोली अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here