काठमाडाैं ।। पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल)को उपाधिको लागि आज अन्तिम प्रतिस्पर्धा हुँदैछ । पहिलो महिला फ्रेन्चाईज लिगको उपाधिका लागि क्याट क्विन्स काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा हुने छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । काठमाडौं रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रनेछ भने चितवनको नेतृत्व ईन्दु बर्माले गर्नुहुनेछ । प्रतियोगिताको अपराजित टिम चितवन आफ्नो लयलाई कायम राख्दै प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुने भने काठमाडौं उपाधि भिडन्तमा आफुलाई प्रमाणित गर्ने प्रयास गर्नेछ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख नगद र कप प्राप्त गर्नेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply